Nepal Life

नेपाल लाइफले अभिकर्ताको माग संबोधन गर्दै साधारणसभाबाटै पारित गर्यो 'आगामी वर्षमा राम्रो बोनसदर ल्याउने प्रतिवद्वता'

NMB Bank
  • BFIS News
  • 2024 Jul 02 14:12
नेपाल लाइफले अभिकर्ताको माग संबोधन गर्दै साधारणसभाबाटै पारित गर्यो 'आगामी वर्षमा राम्रो बोनसदर ल्याउने प्रतिवद्वता'
National Life

काठमाडौं । अभिकर्ताहरुको मागलाई संबोधन गर्दै आज वीरगञ्जमा एकै पटक सम्पन्न भएको २२ औं र २३ औं वार्षिक साधारणसभाले आगामी वर्षमा अन्य कम्पनीहरुको भन्दा राम्रो बोनसदर ल्याउने विशेष प्रस्ताव पारित गरेको छ । 

Shikhar
NIMB

वार्षिक साधारणसभा सुरु हुनु भन्दा अगाडी अभिकर्ताहरुले कम्पनी समक्ष साधारणसभाबाटै आगामी वर्षमा आकर्षक बोनसदर ल्याउनु पर्ने प्रस्ताव पारित गर्नु पर्ने अडान राखेका थिए । अभिकर्ताहरुको माग पुरा गर्दै कम्पनीले आगामी आर्थिक वर्षमा सार्वजनिक हुने बोनसदहरु सक्दो राम्रो ल्याउने प्रतिवद्धता समेत व्यक्त भएको पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले जानकारी दिए ।  

नेपाल बीमा प्राधिकरणको फ्युचर बोनस प्रोभिजनिङ सम्बन्धी व्यवस्थाका कारण नेपाल लाइफले गएका दुई आर्थिक वर्षमा केहि मनि व्याक पोलिसीको बोनसदर घटाएको छ । यद्यमी कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा खासै फेरबदल गरेको छैन । कम्पनीका बहुसंख्यक बीमितहरुको बोनसदर अन्य कम्पनीहरुको भन्दा धेरै आकर्षक छ । कम्पनीले यस्तो तथ्याङ्कलाई पनि हेरिदिन अनुरोध गरेको छ । 

मनि व्याक पोलिसीमा पनि सधै आकर्षक बोनसदर दिएको कम्पनीले गएका दुई वर्षमा दर घटाउदा अभिकर्ताहरु भने आत्तीएका छन् । नेपाल लाइफकै अन्य प्रतिस्पर्धी कम्पनीहरुको मनि व्याक पोलिसीमा पनि केहि राम्रो बोनसदर देखिन्छ तर उनिहरुले चलाख्याइ गर्दै अन्य सावधिक जीवन बीमा पोलिसीमा पनि मनि व्याक सरहकै बोनसदर निर्धारण गरिदिएका छन् । यसले गर्दा कम्पनीको न्युनतम बोनसदरलाई देखाउदै अभिकर्ताहरुको आक्रोस पोख्दै आएका छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया