NIMB Header 2
Nepal Life

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

National Life
  • BFIS News
  • 2024 Jul 02 14:42
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
Sanima Reliance

काठमाडौं। सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। अदालतले असार २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

Shikhar
NIMB

सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो भने सरकारले अध्यक्ष छनौट गर्न नयाँ प्रक्रियाको सुरुवात नै गरिसकेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनौटका लागि पुरानै पात्रहरु समावेश गरी छनौट समिति गठनको निर्णय गरेको थियो।

समितिको निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको थियो । सो रिटमाथि मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाई गरिएको थियो।

समितिले पाँच जनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो। जसमा सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए। बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने अनुपस्थित रहे।

महान्यायाधिवक्ता कार्यालयको कानूनी राय अनुरुप प्रक्रिया रद्द गरिएको थियो। किनकी समितिले नियुक्तिका लागि ३ जना उम्मेद्वार सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया