NIMB Header 2
Nepal Life

विभिन्न कार्यक्रम आयोजना गरी नेशनल लघुवित्तको दशौं वार्षिकोत्सव मनाइयो

National Life
  • BFIS News
  • 2024 Jul 03 13:34
विभिन्न कार्यक्रम आयोजना गरी नेशनल लघुवित्तको दशौं वार्षिकोत्सव मनाइयो
Sanima Reliance

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले दशौं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । संस्थाले २०७१ असार १८ गतेबाट आफ्नो कारोबार सुरु गरेको दशौं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ।

Shikhar
NIMB

कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कार्यमा भाग लिई वार्षिकोत्सव मनाएको हो।

संस्थाले यस अवधिसम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालयमार्फत २ लाख २७ हजार घरपरिवारमा आफ्नो सेवा विस्तार गरी रू.२१ अर्ब कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिब रू. ६ अर्ब बचत परिचालन गरेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया