Nepal Life

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, प्रतिवर्ष प्रतिहजार ६० रुपैयाँ पाइने

NMB Bank
  • BFIS News
  • 2024 Jul 04 08:28
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, प्रतिवर्ष प्रतिहजार ६० रुपैयाँ पाइने
National Life

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो।

Shikhar
NIMB

कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७० सम्मको इन-फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट गत माघ १७ गते स्वीकृत भएको जनाएको छ।

सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।  

बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया