Nepal Life

क्रेस्ट माइक्रोले सार्वजनिक गर्यो 'समृद्धिल लघु जीवन बीमा योजना'

Muktinath Bank
  • BFIS News
  • 2024 Jul Thu 22:06
क्रेस्ट माइक्रोले सार्वजनिक गर्यो 'समृद्धिल लघु जीवन बीमा योजना'
RBB

काठमाडौं । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना मिति २०८१ असार २० गते विहिबारबाट सार्वजनिक गरेको छ । 

NIMB

आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ बर्ष देखि अधिकतम ६० बर्ष सम्म रहेको, बीमा अवधि न्यूनतम ५ बर्ष देखि २० बर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ । न्यून बीमाशुल्क रकम, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजना दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ ।

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने । आश्रीत परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तमन तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार