Nepal Life

सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको ४४ हजार ४०० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 12:15
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको ४४ हजार ४०० रुपैयाँ
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको हो । सुनको मूल्य पछिल्ला केहि कारोबार दिनदेखि निरन्तर बढेको हो ।

 

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य समान्य बढेको छ । आजको बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रुपैयाँ कायम थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया