Nepal Life

२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Mon 09:28
२१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
Sanima Reliance

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८ दिने, ९१ दिने र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

NIMB

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ।

कार्यालयले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ। यो ट्रेजरी साउन २२ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका नवीकरण गर्न लागेको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी असोज २२ गते परिपक्व हुनेछ। १ वर्षका लागि जारी गर्न लागिएको ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०८२ असार २४ गते परिपक्व हुनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया