Nepal Life

बीमाबाटै वार्षिक आयमा ६५ हजारसम्मको कर छुट लिन सकिने, यसरी पाउनुहोस् १० क्षेत्रबाट कर छुटको सुविधा

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Jul Mon 09:57
बीमाबाटै वार्षिक आयमा ६५ हजारसम्मको कर छुट लिन सकिने, यसरी पाउनुहोस् १० क्षेत्रबाट कर छुटको सुविधा
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले बीमालाई प्रोत्साहन गर्न प्राकृतिक व्यक्तिको आयकरमा कर छुटको सुविधा दिदै आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को लागि पनि सरकारले जीवन बीमामा ४० हजार रुपैयाँसम्मको कर छुटको सुविधा उपलब्ध गराएको छ ।

NIMB

आयकर ऐन २०५८ मा लगानी बीमामा छुटको सुविधा दिइएको छ । जसमा भनिएको छ ‘बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम कर योग्य आयबाट घटाउन पाउने छ ।’

त्यस्तै स्वास्थ्य बीमा बापत तिरेको प्रिमियमबाट पनि कर छुटको सुविधा लिन सकिने सुविधा रहेको छ । जसमा भनिएको छ ‘बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाइनेछ ।’ स्वास्थ्य बीमा गरेर वार्षिक २० हजार रुपैयाँसम्ममा जति रकम भुक्तानी गरिएको छ सो रकम वार्षिक करयोग्य आयमा घटाउन सकिने आन्तरिक राजश्व विभागले जनाएको छ ।

जीवन बीमा तथा स्वास्थ्य बीमाका अतिरिक्त घरको बीमा गरिएको छ भने पनि कर छुटको सुविधा लिन सकिन्छ । प्राकृतिक व्यक्तिले बीमा कम्पनी सँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा ५ हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयमा घटाउन पाउने विभागले जनाएको छ ।

बीमा बाहेक पनि कर छुटको सुविधाहरु लिन पाइने विभागले जनाएको छ । प्राकृतिक व्यक्तिको आयमा समावेश नुहेन रकम वा खर्चमा छुट हुने रकम अन्तर्गत विभागले अवकाश योगदानको रकममा तीन लाख रुपैयाँसम्मको कर छुट प्रदान गरेको छ । कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राधिकृतक व्यक्तिले अवकाश कोषमा अवकास योगदान गर्दा तीन लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सकिने व्यवस्था छ । तर योगदानमा आधारिक सामाजिक सुरक्षा कोक्षको व्यवस्था अनुसार ५ लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सकिने व्यवस्था छ ।

यदि कर्मचारी सञ्चयकोष वा नागरिक लगानीकोषबाट तीन लाख रुपैयाँसम्मको कोष कट्टी गर्दा न्युनतम आयमा तीन लाख रुपैयाँसम्म घटाउन सकिनेछ । यदि कुनै विवाहित व्यक्तिले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्छ भने यसले न्युनतम ६ लाख रुपैयाँसम्म एक प्रतिशत र त्यस पछि ३ लाख रुपैयाँसम्म कोषमा जम्मा गरेर ८ लाखसम्मको आयमा कर छुटको सुविधा लिन सकिन्छ । अव बाँकी २ लाखको मात्रै १० प्रतिशत कर तिर्दा पुग्छ ।

दुर्गम भत्ता सुविधा बपात पनि कर छुटको सुविधा लिन सकिन्छ । यस अन्तर्गत कर योग्य आयमा न्युनतम १० हजारदेखि ५० हजार रुपैयाँसम्म घटाउन पाउने सुविधा छ ।

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ता ७५ प्रतिशत रकम कर योग्य आयबाट घटाउन पाउने व्यवस्था छ । प्राकृतिक व्यक्तिको निवृत्तभर आय रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा २५ प्रतिशत रकम घटाउन पाउने व्यवस्था छ ।

प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप ५० प्रतिशत थप रकम घटाउने पाउनेछ ।

कुनै व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो व्यक्तिले तिर्नुपर्ने कर रकममा १० प्रतिशत छुट हुनेछ ।

स्वीकृत औषधी उपचार खर्च बापत बिल बमोजिम बास्तिक खर्च रकमको १५ प्रतिशत वा सात सय ५० रुपैयाँमा जुन घटी हुन्छ उक्त रकम कर मिलान गर्न सकिने छ । यस्तो कर छुटको हिसाव लेखापरीक्षकको सल्लाह बमोजिम गर्नु पर्छ । माथिका सिलिङ भित्र रहेर कर निर्धारण गर्न सकिनेछ ।

करको सिलिङ

यदि एक व्यक्तिको वार्षिक आय ५ लाख रुपैयाँ छ भने एक प्रतिशतका ५ हजार रुपैयाँ तिर्नु पर्छ साथै दम्पत्तीको हो भने वार्षिक ६ लाख रुपैयाँसम्को करयोग्य आयमा एक प्रतिशत अर्थात ६ हजार रुपैयाँ तिर्नु पर्छ ।

५ लाद भन्दा बढि ७ लाखसम्मको आयमा एकलले थप १० प्रतिशत र दम्पत्तीको हकमा ६ लाखदेखि ८ लाख सम्मको करयोग्य आयमा थप १० प्रतिशत भुक्तानी गर्नु पर्छ ।

यदि अविवाहित व्यक्तिको वर्षमा ७ लाख भन्दा बढि १० लाखसम्मको करयोग्य आय छ भने एक यस अन्तर्गत २० प्रतिशत कर तिर्नु पर्छ तर विवाहित हो भने ८ लाख भन्दा बढि ११ लाखसम्मको करयोग्य आयमा २० प्रतिशत कर तिर्नु पर्छ ।

अविवाहित व्यक्तिले १० लाख भन्दा बढि १० लाखसम्मको करयोग्य आम्दानी गरेमा यस सिलिङ अन्तर्गत ३९ प्रतिशत कर तिर्नु पर्छ । विवाहितको हकमा ११ लाखदेखि २० लाखसम्मको आयमा २० प्रतिशत कर तिर्नु पर्छ ।

२० लाख भन्दा माथि ५० लाखसम्मको करयोग्य आयमा सबैलाई ३६ प्रतिशत कर तिर्नु पर्छ । र ५० लाख भन्दा माथिको करयोग्य आयमा ३९ प्रतिशत कर तिर्नु पर्छ ।

अव यहि आयकरको सिलिङमा कर छुटको सुविधा लिन राजश्व विभागले १० वटा क्षेत्र निर्धारण गरिदिएको हो । आफुले प्राप्त गर्न सक्ने सुविधालाई हिसाव गरेर आयकरमा घटाउन सकिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया