NIMB Header 2
Nepal Life

सामसङविरुद्ध तीन दिन‍े आमहड्तालमा किन उत्रिए हजारौं कर्मचारी?

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 08 15:08
सामसङविरुद्ध तीन दिन‍े आमहड्तालमा किन उत्रिए हजारौं कर्मचारी?
National Life

काठमाडौं। दक्षिण कोरियाली कम्पनी सामसङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहड्ताल सुरु गरेका छन्।

Shikhar
NIMB

सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू वर्षादी र रिबन लगाएर भेला भएका छन्।

सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ।

सामसङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ। दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन्। फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ।

नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले भने, “आजदेखि हड्ताल सुरु भएको छ। आजको आमहड्ताल त सुरुवात मात्र हो। हामी यहाँ किन छौं भनेर सम्झिँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्।”

युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ। युनियनका उपाध्यक्ष ली ह्युन कुकले भने, “के उनीहरूले यसले सामसङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन्?”

करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आमहड्तालको घोषणा गरेको थियो।

श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो।

यससम्बन्धमा सामसङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया