United Ajod

एफएनसिसिआईको अध्यक्ष चयन पुनः प्रत्यक्ष निर्वाचनबाट, वरिष्ठ उपाध्यक्ष दुईजना रहने

Everest Bank
  • BFIS News
  • 2024 Jul Tue 08:28
एफएनसिसिआईको अध्यक्ष चयन पुनः प्रत्यक्ष निर्वाचनबाट, वरिष्ठ उपाध्यक्ष दुईजना रहने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को अध्यक्ष चयन पुनः प्रत्यक्ष निर्वाचनबाट हुने भएको छ। यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेसँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष नै निर्वाचनबाट चयन हुने भएको जानकारी दिए।

कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ।

यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो। त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो।

संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुईजना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ।

ढकालले निर्वाचनकै समयमा विधान संशोधन गर्दै अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने वाचा गरेका थिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रुपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया