Nepal Life

हकप्रद निष्काशनको अनुमति माग्दै एशियन लाइफ धितोपत्र बोर्ड पुग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 18:18
हकप्रद निष्काशनको अनुमति माग्दै एशियन लाइफ धितोपत्र बोर्ड पुग्यो
Sanima Reliance

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो ।

 

यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले पूँजी बृद्धि योजना सँगै ल्याएको मर्जरको योजनालाई वेवास्था गर्दै अन्तत हकप्रद शेयर जारी गर्ने प्रकृयाँ अगाडी बढाएको छ । प्राधिकरणले लामो समय हकप्रद शेयर निष्काशनमा रोक लगाए पनि पूँजी जुटाउन नसक्ने सबै कम्पनीलाई हकप्रदको बाटो खोलिदिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया