Nepal Life

प्रभु इन्स्योरेन्सले ५०.१५ % हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 18:21
प्रभु इन्स्योरेन्सले ५०.१५ % हकप्रद जारी गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अघिल्लो साता हकप्रद जारी गर्न बिक्री प्रबन्धक चयन गरेको कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले असार १९ गते १ः०.५०१५ अनुपातमा ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई तोकेको बमोजिमको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन कम्पनीले हकप्रदको बाटो लिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया