NIMB Header 2
Prabhu Mahalaxmi

सरकारले अन्तिम दिनमा गर्यो साढे ३३ अर्ब भुक्तानी

United Ajod
  • BFIS News
  • 2024 Jul 09 18:24
सरकारले अन्तिम दिनमा गर्यो साढे ३३ अर्ब भुक्तानी
IME LIFE

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन सोमबार मात्रै साढे ३३ अर्ब रुपैयाँ धेरै भुक्तानी दिएको छ । असारको २५ दिनमा मात्रै सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ ।असार १ गते ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो । 

Nepal Life
NIMB

नेपाल सरकार अर्थ मन्त्रालय अन्तरगतको महालेखा नियन्त्रकको कार्यालका अनुसार असार २४ गते सोमबार राति १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बराबरको भुक्तानीका लागि चेक काटेका हुन् । कुल भुक्तानी मध्ये १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ पुँजीगत (विकास खर्च) भएको छ भने बाँकी १९ अर्ब २१ करोड २० लाख रुपैयाँ नियमित खर्चतर्फ चालु खचए भुक्तानी भएको हो ।

असार २४ गतेसम्म चालु आवमा विनियोजित बजेटको ७७.४४ प्रतिशत अर्थात १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ खर्च भएको हो । सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको थियो । समीक्षा अवधिमा सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ । यस्तै पुँजीगत खर्चतर्फ विनियोजित बजेटको ५६.९७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ५० अर्ब २६ करोड ७६ लाख रुपैयाँ अर्थात विनियोजित बजेटको ८१.४० प्रतिशत खर्च भएको छ ।

सरकारले बजेटमार्फत १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले राजस्व तथा गैर राजस्व गरी १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो लक्षित राजस्वको ६८.९९ प्रतिशत हो । असार २४ गते सोमबार मात्रै १३ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । समीक्षा अवधिमा राजस्वतर्फबाट ९ खर्ब ८९ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ सङ्कलन गरेको छ । गैर राजस्वबाट १ खर्ब १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

यता अनुदानतर्फ भने सरकारले लक्ष्यको ५.५२ प्रतिशत मात्र प्राप्त गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ प्राप्त गरेको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया