Nepal Life

साविकको प्रभु लाइफ इन्स्यारेन्सको बोनस दर घोषणा, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 10:03
साविकको प्रभु लाइफ इन्स्यारेन्सको बोनस दर घोषणा, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविकको प्रभु लाइफ इन्स्यारेन्सको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ।

कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट असार २३ गते स्वीकृत भएको जनाएको छ ।  

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    
अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतका ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ।    

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा (सम्मुन्नती वार्षिक) योजना अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २४ रुपैयाँ र २० देखि २४ वर्षका लागि २४ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया