NIMB Header 2
Nepal Life

साविकको प्रभु लाइफ इन्स्यारेन्सको बोनस दर घोषणा, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने

National Life
  • BFIS News
  • 2024 Jul 10 10:03
साविकको प्रभु लाइफ इन्स्यारेन्सको बोनस दर घोषणा, अधिकतम ७० रुपैयाँसम्म प्रदान गरिने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविकको प्रभु लाइफ इन्स्यारेन्सको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट असार २३ गते स्वीकृत भएको जनाएको छ ।  

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।    
अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतका ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ।    

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा (सम्मुन्नती वार्षिक) योजना अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २४ रुपैयाँ र २० देखि २४ वर्षका लागि २४ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया