Nepal Life

नेपाल बीमक संघको आयोजनामा भूकम्प इन्जिनियरिङ सम्बन्धी वेबिनार सम्पन्न,१३ देशका १६० जनाको उपस्थिति

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sat 08:38
नेपाल बीमक संघको आयोजनामा भूकम्प इन्जिनियरिङ सम्बन्धी वेबिनार सम्पन्न,१३ देशका १६० जनाको उपस्थिति
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघले आयोजना गरेको भूकम्प इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको छ । वेविनारमा १३ देशका १६० जनाको उपस्थिति थियो । संघले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी, हङकङस्थितको इन्स्योरेन्स ब्रोकर टिक्युआर र प्राफेशनल एडभान्समेन्ट ब‌ंगलादेशसँगको सहकार्यमा वेबिनार आयोजना गरेको हो ।

NIMB

कार्यक्रमको सुरुवात नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले गरेका थिए । अध्यक्ष क्षेत्रीले केहि अन्तर्राष्ट्रिय मञ्चमा वेबिनारका लागि आह्वान गर्दा १३ वटा देशले सहर्ष स्वीकार गर्दै उनिहरुले आफ्नो भव्य उपस्थिति देखाएका हुन् । विश्वमै भूकम्प बीमाको विषयमा ठुलो बहस हुने गरेको त्यसैले पनि अन्तर्राष्ट्रिय मञ्चले नेपालको अनुभवलाई विशेष चासोका साथ हेरेको क्षेत्रीले जानकारी दिए ।

वेबिनारको प्रारम्भिक सुरुवात सँगै क्षेत्रीले भूकम्प बीमा तथा भूकम्प इन्जिनियरिको विषयमा प्रस्तुतिकरण दिएका थिए । उनको प्रस्तुतिलाई लिएर विभिन्न मुलुकका सहभागीले जिज्ञासा व्यक्त गरेका थिए । क्षेत्रीले आफ्नो प्रस्तुतिमा इन्जिनियरिङका प्राविधिक पक्षलाई आधार मानेर आफ्नो धारणा व्यक्त गरेका थिए ।

भूकम्प इन्जिनियरिकको विषयमा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजी इन्जिनियरिङ तथा प्रविधि विभागका प्राध्यापक पेनङ वार्निटचायले आफ्नो प्रस्तुतिकरण दिएका थिए । भौतिक संचरनाको इन्जिनियरिङको विषयलाई लिएर प्रश्न गरेका छन् । राम्रो इन्जिनियरिङ नहुँदा भूकम्पले पुर्याउने जोखिम धेरै हुने गरेको भन्दै यसलाई सुधार गर्नु पर्ने बताएका थिए । पेनङले नेपालको भूकम्पको विषयमा पनि आफ्नो अनुभव व्यक्त गरेका थिए ।

उनि सन् २०१५ गएको भूकम्पको अध्ययन गर्न नेपाल आएका थिए । नेपाल सँगको अनुभवलाई पनि उनले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन् । पेनङले नेपाल, जापान, टर्की, फिलिपिन्स, बैंकक, श्रीलङ्का तथा बंगलादेशको उदाहरण दिएर भूकम्प इन्जिनियरिङका विषयमा जानकारी गराए ।

वेविनारमा सबैले भुकम्पको दृष्टिकोणबाट इन्जिनरिङ मार्फत कसरी जोखिम न्युनिकरण गर्न सकिन्छ भनेर प्रस्न गरेका थिए । वेविनारमा सहभागीहरु सबैले भूकम्प मैत्री इन्जिनियरिङलाई जोड दिएका छन् । टर्कीले पनि आफ्नो अनुभव व्यक्त गरेको थियो ।

संघको यस्तो पहल सँगै एआइटी सँग पनि राम्रो सम्बन्ध बनेको छ । एआइटीले वित्तीय क्षेत्रका जनशक्तिलाई प्राविधिक तालिम उपलब्ध गराउदै आएको छ । भोलिका दिनमा संघले एआइटी सँग सहकार्य गर्दै लैजाने योजना बनाएको छ । नेपाली जनशक्तिलाई थप प्रशिक्षित गर्दै लैजाने संघको योजना रहेको छ । एआईटीका अनुसन्धान निर्देशकले यस्ता तालिमहरु के कसरी अगाडी बढाउन सकिन्छ त्यसरी नै आफुहरु अगाडी बढ्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एआईटीले विभिन्न किसिमका प्राविधिक तालिम दिनुका साथै बीमा सम्बन्धी, हाइड्रोपावर इन्जनियरिङ सम्बन्धी, बीमाका प्राविधिक पाटोमा अनुसन्धानको रुपमा पनि काम गर्दै आएको छ । नेपालमा पनि बीमा सम्बन्धी प्राविधिक पाटोको अनुसन्धान गर्नु परेमा एआईटीले सहयोग गर्न सक्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया