Nepal Life

रेमिट्यान्सको बृद्धिदर २२ प्रतिशतबाट १९.३ प्रतिशतमा झर्यो, ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 17:10
रेमिट्यान्सको बृद्धिदर २२ प्रतिशतबाट  १९.३ प्रतिशतमा झर्यो, ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाा भित्रिएको छ ।

NIMB

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६ हजार २६२ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई रु.१४४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो । 

नेपालमा अवसर नभएर विदेशिने क्रम विगत धेरै लामो समयदेखि रहदै आएको छ । अहिले नेपालमा भन्दा धेरै बाहिरि मुलुकमा नेपालीको संख्या धेरै छ । यसले गर्दा विदेशिनेको संख्याको बृद्धिदर पनि घटिरहेको छ । यसले गर्दा पनि यस वर्ष विप्रेषण आप्रवाहको बृद्धिदर घटेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया