Nepal Life

नेशनल लाइफले रुकुमका प्रविनको परिवारलाई दियो ४ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 05:38
नेशनल लाइफले रुकुमका प्रविनको परिवारलाई दियो ४ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रुकुम पश्चिम शाखाले बीमित प्रविन पुन मगरको परिवारलाई ४ लाख ४४ हजार मृत्यु दाबी भुक्तानी दिएको छ । 

चौरजहारी नगरपालिका वडा नम्बर १० का प्रबिन पुन मगर ले कम्पनीमा दुईलाख रुपैयाँको जीवन बीमा गरि ५ कित्ता बापत ५७ हजार ३२५ रुपैयाँ बीमा शुल्क बुझाएका थिए । उनको गाडी दुर्घटनामा परि उपचार को क्रममा निधन भएको थियो । 

कम्पनीले बीमा पोलिसीमा रहेको सर्त बमोजिम बीमित प्रविन पुन मगरको श्रीमति रन्जना चन्द पुनलाई बीमाङ्क रकम, बोनस र दुर्घटना बापत थप बीमाङ्क सहित कुल ४ लाख ५५ हजार ६६७ रुपैयाँको चेक मार्फत दाबी भुक्तानी दिएको हो ।

कम्पनीका शाखा प्रमुख टंक हमालले मृतक प्रबिन पुन मगरलाई हार्दिक श्रद्धान्जली दिदै जीवन बीमा आफू रहे आफैलाई र आफू नरहे परिवारलाई भुक्तानी दिने महत्वपुर्ण क्षेत्र रहेको उल्लेख गर्दै चेक हस्तान्तरण गरेका हुन् । जीवन बीमा जोखिम बहन गर्ने महत्वपुर्न माध्यम हो भएकाले सबैलाई यस विषयमा आजै सोच्न अनुरोध गरेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै बोनस दिदै आएको नेशनल लाइफलाई नै रोज्न उनले आग्रह समेत गरेका छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया