मर्जर पछि बैंक बीमा कम्पनीका कर्मचारीको विचल्ली, दुर्गममा सरुवा गरेर जागिर छाड्न बाध्य पारिदै!

  • BFIS News
  • 2023 Aug Sat 18:59
मर्जर पछि बैंक बीमा कम्पनीका कर्मचारीको विचल्ली, दुर्गममा सरुवा गरेर जागिर छाड्न बाध्य पारिदै!

काठमाडौं । मर्जर पछि बैंक वित्तीय संस्थाका कर्मचारीको विचल्ली हुन थालेको छ । बैंक वित्तीय संस्था तथा बीमा कम्पनीमा १०/२० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई समेत पाखा लगाउने क्रम बढेको छ । कर्मचारी विनियमावली अनुसार कुनै पनि कर्मचारीलाई जागिरबाट निकाल्न मिल्दैन त्यसैले गर्दा उनिहरुलाई जागिरबाट हट्न बाध्य बनाउन अनेक उपाय रच्ने गरिएको छ ।

केहि बैंकहरुले दुर्गम जिल्लामा सरुवा गर्नेदेखि लिएर साविकको भुमिकालाई खोस्नै अन्य नजानेका भुमिका दिन थालिएको छ । कतिपय बैंकले बारा जिल्लामा काम गर्नेलाई बाजुरा पुर्याइदिएका छन् । तराइमा काम गरिरहेकालाई हिमालमा, हिमालमा काम गरिरहेकालाई झापा, मोरङमा मर्जर गरिदिएर काम छाड्न बाध्य पारिएको छ ।

बैंकमा विगत १५/२० वर्षदेखि काम गरिरहेका कर्मचारीलाई यसरी सरुवा गर्नु भनेको कामबाट निकाल्नै खोजेको कर्मचारीहरु बताउछन् । कुमारी बैंकका कर्मचारी यूनियनले यहि विषयलाई लिएर चर्को विरोध गर्दै आइरहेका छन् । साविक एनसिसी बैंकका कर्मचारीलाई निकाल्ने रणनीति सहित कुमारीले सरुवा मार्फत पेलिरहेको छ । कुमारीले एनसिसी बैंकका कर्मचारीलाई एकोहोरो पेल्न थाले पछि साविक एनसिसी बैंकको कर्मचारी यूनियन व्युतिएको छ । यहि विषयलाई लिएर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सँग कर्मचारी यूनियन सँग द्धन्द भइरहेको छ ।

यस्तै लफडा ग्लोबल आइएमई बैंकमा पनि छ । साविक बैंक अफ काठमाण्डूका उच्च व्यवस्थापन तहका कर्मचारीलाई भिआरएस मार्फत विदा गरेर शाखा तथा प्रदेश स्तरका म्यानेजर लेभलका कर्मचारीलाई सरुवा गर्ने क्रम बढेको छ । बैंकले नियोजित रुपमा साविक बैंक अफ काठमाण्डूका कर्मचारीलाई हट्न बाध्य बनाउदैछ । जवकी ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष हुन् । समग्र उद्योगको संरक्षक ढकाल आफै पिडक बनेर निष्केका छन् ।

बैंकले उच्च व्यवस्थापन तहका कर्मचारीलाई ८ महिनादेखि २० महिनासम्मको गोल्डेन ह्याण्ड चेक दिएर विदा गर्दैछ । तर अरुलाई विना सेवा सुविधा रित्तो हात पठाएर उनिहरुलाई विचल्ली बनाउदैछ । यसले गर्दा बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीमा शसंकित बनाएको छ । इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंकका कर्मचारी कति वेला जागिर जाने हो भनेर चिन्तामा छन् ।

नेपाल राष्ट्र बैंकले यस विषयमा केहि पनि निर्णय गर्न सकेको छैन । यदि कर्मचारीको हित चाहने हो भने सरुवाका प्रावधानमा राष्ट्र बैंकले छुट्टै सर्कुलर जारी गर्नु पर्ने हुन्छ । हिजोका दिनमा बैंकलाई मर्जरमा जान बाध्य पार्ने नेपाल राष्ट्र बैंकले कर्मचारीको संरक्षणमा उचित कदम नचाल्ने हो भने हजारौ वेरोजगार सिर्जना गर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया