Nepal Life

बीमितलाई सर्वाधिक बोनस दिएको नेशनल लाइफले शेयरधनीका लागि गर्यो लाभांश घोषणा, नगद कति शेयर लाभांश कति ?

NMB Bank
  • BFIS News
  • 2024 Jul 12 15:38
बीमितलाई सर्वाधिक बोनस दिएको नेशनल लाइफले शेयरधनीका लागि गर्यो लाभांश घोषणा, नगद कति शेयर लाभांश कति ?
National Life

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये बीमितका लागि सर्वाधिक धेरै बोनसदर घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीका लागि पनि लाभांश घोषणा गरेको छ । 

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

कम्पनीले बीमितहरुका लागि न्युनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म दिएको छ । यो बोनस दर जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो । 

यस्तो छ कम्पनीले विगत एक दशकमा दिएको लाभांश इतिहास

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया