Nepal Life

द नी हिलिङ क्लिनिक उद्घाटन समारोह सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Sun 17:20
द नी हिलिङ क्लिनिक उद्घाटन समारोह सम्पन्न
Sanima Reliance

काठमाडौं । यहि आषाढ २८ गते द नी हिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन समारोह सफलता पूर्वक सम्पन्न भएको छ । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकले विगत दुई वर्ष देखि फिजियो थेरापि, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिँदै आएको छ । 

NIMB

कार्यक्रमको सभापतित्व द नी का अध्यक्ष अर्थोप्डिक सर्जन डा.रुपेश वैध्यले थिए भने प्रमुख अतिथिका रुपमा नेपालको पहिलो महिला आयुर्वेदिक डाक्टर डा. सरिता श्रेष्ठलाई निम्त्याइएको थियो । कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट डा. सर्वोत्तम भुसाल, प्रानका अध्यक्ष डा. सुरज भुसाल, ग्लोबल आइ.एम.इ का सि.इ.ओ. डा. रत्न राज बज्राचार्य र राष्ट्रिय भलिबल खेलाडि प्रतिभा मालि पनि विशेष अतिथिका रुपमा उपस्थित थिए । 

भर्खरै दोस्रो वार्षिकोत्सव मनाएको द नी को बारेमा संचालक समिति सदस्य ई.दिनेश लाल श्रेष्ठले जानकारी दिएका थिए भने अर्का संचालक समिति सदस्य डा. करिष्मा मल्ल वैध्यको मन्तव्य संगै कार्यक्रमको समापन भएको थियो । 

द नी हिलिङ क्लिनिक जावलाखेल दामो  दार मार्गमा अवस्थित रहेको छ । यस अघि यो क्लिनिक जावलाखेल स्थित स्विस दुतावासको अगाडि रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया