NIMB Header 2
Nepal Life

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाले गुमाए ज्यान, सातजना घाइते

National Life
  • BFIS News
  • 2024 Jul 16 08:22
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाले गुमाए ज्यान, सातजना घाइते
Sanima Reliance

काठमाडौं। रुकुम पश्चिममा सोमबार राति आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको हो।

Shikhar
NIMB

१० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बेपत्ता भएकी ४० वर्षीया डिल्ली बहादुर बुढाथोकीको खोजी भइरहेको छ।

घटनामा परेर घाइते भएका सातजनाको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ। १२ वर्षीया विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया