Nepal Life

नेपाल लाइफको मुनाफामा उल्लेख्य सुधार, जीवन बीमा कोष १९ % ले बढेर एक खर्ब ६३ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 11:56
नेपाल लाइफको मुनाफामा उल्लेख्य सुधार, जीवन बीमा कोष १९ % ले बढेर एक खर्ब ६३ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ऋणात्मक मुनाफालाई सुधार गर्दै ६७ करोड ४४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । गएको वर्ष ७७ करोड ८० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको थियो । कम्पनीले लगानी गरेको कम्पनीको शेयर मूल्यमा गिरावट आउदा यस्तो व्यवस्था गर्नु परेको थियो । शेयर बजारमा सुधार सँगै उक्त नोक्सानी बापतको व्यवस्था स्वत हटेको छ ।

NIMB

कम्पनीले गत आर्थिक वर्षमा ४.६९ प्रतिशतले खुद बीमा शुल्क आर्जनमा सुधार गर्दै ३६ अर्ब ६२ करवड रुपैयाँ आर्जन गरेको छ । यस भन्दा अघिल्लो वर्षमा कम्पनीले ३४ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको थियो ।

नेपाल लाइफको दाबी भुक्तानी पनि ८.९५ प्रतिशतले बढेको छ । पुराना जीवन बीमा पोलिसी परिपक्व भए सँगै दाबी भुक्तानीमा बृद्धि भएको हो । समिक्षा अवधिमा कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले हालसम्म २ खर्ब २४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । हरेक वर्ष दाबी भुक्तानी गरेर पनि कम्पनी सँग हाल जीवन बीमा कोषमा एक खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । यस्तो कोष गएको वर्षमा भन्दा १९.७६ प्रतिशतले सुधार भएको हो ।

अभिकर्ता कमिशन भने ११.९८ प्रतिशतले घटेको छ । प्रथम बीमा शुल्कमा गिरावट सँगै कम्पनीको अभिकर्ता कमिशन पनि घटेको हो । कम्पनीको व्यवसायलाई सबैभन्दा ठुलो टेवा नविकरण बीमा शुल्कले पुर्याइरहेको छ ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणको तुलनामा लेखापरीक्षण पश्चातको मुनाफामा उल्लेख्य बृद्धि हुन्छ । जीवन बीमा कोषको आम्दानीलाई अहिले मुनाफामा जोडिएको हुँदैन । लेखापरीक्षण पश्चात नियम अनुसार जीवन बीमा कोषको निश्चित मुनाफाई खुद मुनाफामा जोड्न मिल्ने भएकाले कम्पनीको वास्तविक मुनाफा लेखापरीक्षण पश्चात थाहा हुन्छ ।

समिक्षा अवधिमा बीमालेख धितोकर्जा २२ प्रतिशतले बढेको छ । बीमितहरुले बीमालेख धितोमा राखेर ३० अर्ब ४५ करोड रुपैयाँ लिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया