Nepal Life

बीमा अभिकर्ताको परीक्षा १५ दिनसम्मका लागि बन्द हुँदै, सफ्टवेयर प्रणालीलाई थप परिस्कृत गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 11:33
बीमा अभिकर्ताको परीक्षा १५ दिनसम्मका लागि बन्द हुँदै, सफ्टवेयर प्रणालीलाई थप परिस्कृत गर्दै
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १५ दिनसम्मका लागि अभिकर्ताको परीक्षा बन्द गर्ने भएको छ । प्राधिकरणले परीक्षा सम्बन्धी सफ्टवेयर प्रणालीलाई थप परिस्कृत गर्ने क्रममा प्राधिकरणले आगामी साउन ७ गतेदेखि बढिमा १५ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।

अभिकर्ताको लाइसेन्स परीक्षा प्रणालीबाट लिन सुरु भए सँगै प्राधिकरणले निर्माण गरेको सफ्टवेयरलाई अव बृहत बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अव अभिकर्ताको परीक्षा ६ वटा प्रदेश र केन्द्रिय कार्यालयबाटै लिने तयारी गरेको छ । अहिलेसम्म प्राधिकरणको केन्द्रिय कार्यालयबाट मात्रै परीक्षा सञ्चालन हुँदै आइरहेको छ । केन्द्रबाट मात्रै परीक्षा सञ्चालन गर्दा प्राधिकरणलाई कुनै कुनै समयमा समय व्यवस्थापन गर्न पनि गाह्रो पर्दै आइरहेको छ ।

बीमा अभिकर्ताको परीक्षालाई छिटो छरिता तथा गुणस्तरिय रुपमा सञ्चालन गर्नका लागि प्रणालीमा अपग्रेड गर्न थालिएको प्राधिकरणका प्रवक्ता सुशिल सुवेदीले जानकारी दिए । अपग्रेडका क्रममा केहि समय परीक्षा प्रणाली बन्द रहने हुँदा त्यतिन्जेलसम्मका लागि धर्यता राखिदिन प्राधिकरणले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया