Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको'को कुल बीमा शुल्क आर्जन ४० प्रतिशतले बढ्यो, दाबी भुक्तानी २ अर्ब ८३ करोड

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 20:23
सगरमाथा लुम्बिनी 'सलिको'को कुल बीमा शुल्क आर्जन ४० प्रतिशतले बढ्यो, दाबी भुक्तानी २ अर्ब ८३ करोड
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी ‘सलिको’ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ४० प्रतिशतले कुल बीमा शुल्क बढाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

मर्जर पछि कम्पनीले नयाँ सिनर्जी पाएको हो । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी इन्स्योरेन्स कम्पनी मर्जर भइ सगरमाथा लुम्बिनी ‘सलिको’ बनेको थियो । यसरी मर्जरका क्रममा देखिएका सबै समस्याहरुलाई सहजै समाधान गर्न सफल भएको कम्पनीले गत वर्षमा व्यवसायमा उल्लेख्य प्रगति गरेको हो ।

कम्पनीले गत जेठ मसान्तसम्ममा ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । असार एक महिनामा मात्रै ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले बीमा शुल्क तर्फ मात्रै होइन दाबी भुक्तानीमा पनि उत्तीकै प्राथमिकता दिदै आएको छ । गत आर्थिक वर्षमा कम्पनीले बीमितहरुलाई २ अर्ब ८३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ३३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया