Nepal Life

शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन अहिलेसम्मकै सर्वाधिक, ५ अर्ब ४७ करोड सहित सबैभन्दा अगाडी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 21:27
शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन अहिलेसम्मकै सर्वाधिक, ५ अर्ब ४७ करोड सहित सबैभन्दा अगाडी
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा कुल बीमा शुल्क आर्जन ५ अर्ब ४७ करोड रुपैयाँ गरेको छ । यो बीमा शुल्क आर्जन निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो ।

कम्पनीले यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । आर्थिक मन्दिका कारण कम्पनीले गत वर्षको व्यवसायलाई टिकाउदै केहि सुधार गरेको छ ।

गत जेठ महिनासम्ममा कम्पनीले ४ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । असार एक महिनामा मात्रै कम्पनीले ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस वर्ष मरिन, गाडी, इन्जिनियरिङ तर्फको व्यवसायमा सुस्ताता आएको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिए ।

पछिल्लो समय मुलुकमै आयातमा ठुलो गिरावट देखिदै आएको छ । निर्जीवन बीमा कम्पनीको ठुलो व्यवसाय यहि क्षेत्रमा रहदै आएको छ ।

बैंक वित्तीय क्षेत्र, हवाई उड्ययन तथा व्यापार व्यवासयमा लामो अनुभव भएका संस्थापक तथा उच्च व्यवस्थापकहरु आवद्ध रहेको शिखरलाई मर्जर भएर शक्तिशाली बनेका कम्पनीहरुले पनि टप्न सकेका छैनन् । कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रहेको छ । कम्पनीले हाल ११३ वटा शाखा, एउटा उपशाखा तथा तीन वटा एक्सटेन्सन काउन्टरहरुबाट बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया