Nepal Life

चार निर्माण कम्पनी र व्यवसायी डेढदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Wed 09:01
चार निर्माण कम्पनी र व्यवसायी डेढदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा
Sanima Reliance

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने चार निर्माण कम्पनी र व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ।

NIMB

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उक्त संख्यामा निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ।

त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ। काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

kalosuchi-1721179139.PNG

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया