NIMB Header 2
Nepal Life

सुनमा आज पनि उच्च मूल्यको रेकर्ड, तोलाकै डेढ लाख नजिक पुग्यो

National Life
  • BFIS News
  • 2024 Jul 17 11:07
सुनमा आज पनि उच्च मूल्यको रेकर्ड, तोलाकै डेढ लाख नजिक पुग्यो
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ। आज (बुधबार) पनि सुनको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ पुगेको जनाएको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो। अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै गर्दा नेपालमा पनि यसको असर देखिएको हो। अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुनेगर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया