Nepal Life

असारसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४० अर्ब नाघ्यो, सर्वाधिक धेरै शिखर दोस्रोमा सगरमाथा लुम्बिनी

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 18:04
असारसम्ममा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४० अर्ब नाघ्यो, सर्वाधिक धेरै शिखर दोस्रोमा सगरमाथा लुम्बिनी
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस  मध्ये सर्वाधिक धेरै शिखरले ५ अर्ब ३१ करोड आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा सगरमाथा लुम्बिनीले ४ अर्ब ५८ करोड रुपैयाँ भित्र्याएको छ । साविक सगरमाथा र लुम्बिनी मर्जर भएर सगरमाथा लुम्बिनी बने सँगै व्यवसायमा पनि उल्लेख्य सुधार देखिएको हो ।

NIMB

तेस्रो धेरै बीमा शुल्क आर्जन गरेमा सिद्धार्थ प्रिमियर परेको छ । सिद्धार्थ प्रिमियरले ४ अर्ब ४२ करोड आरजन गर्दा चौथो स्थामा युनाइटेड अजोड उक्लिएको छ । युनाइटेड अजोडले ३ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क भित्र्याएको हो । यस वर्ष पाँचौ नम्बरमा आइजिआइ प्रुडेन्सियल रहेको छ । आइजिआइ प्रुडेन्सियलले ३ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

मर्जर पछि अधिकाम्स कम्पनीको बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति देखिएको हो । निर्जीवन बीमा कम्पनीमा मर्जरको सिनर्जी इफेक्ट आउन भने अझै बाँकी छ । गत वर्ष मर्जरका कारण रुमलिएका कम्पनीले चालु आर्थिक वर्षमा राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया