बैंकहरुलाई घर जग्गा तथा रियल स्टेटमा ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको निर्देशन

  • BFIS News
  • 2023 Aug Sun 20:35
बैंकहरुलाई घर जग्गा तथा रियल स्टेटमा ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुलाई घरजग्गा तथा रियल इस्टेटको कर्जामा ध्यान केन्द्रित गर्न अनुरोध गरेका छन् । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले अर्थमन्त्रीलाई कर्जाको माग नभएको भन्दै गुनासो गरे पछि महतले घरजग्गा तथा रियल इस्टेटमा पनि कर्जा प्रवाह गर्ने स्पेस रहेको बताएका छन् । 

छलफलका क्रममा महतले भने ‘अर्थतन्त्र राम्रो भयो भने बैंकहरु पनि फाइदामा हुन्छन् । अरु ऋणी, बचतकर्ता सबै फाइदामा हुन्छन् । जसले सरकारको राजश्व पनि बढ्छ । हामी सबैले मिलेर काम गर्नु पर्छ । एक अर्कालाई सघाउने हो । हाम्रो चिन्ता तरलतामा छ । मान्छे सँग अलि अलि पैसा पनि छ । रेमिट्यान्स पनि आइरहेको छ । पर्यटन पनि बढ्न थाल्या छ ।’

तै पनि आर्थिक गतिविधि नबढेको भन्दै महतले चिन्ता व्यक्त गरेका छन् । उनले भने ‘लगानी बढिरहेको छैन । हाम्रो अलिकति रियल इस्टेटमा फसेको छ । हिजोका दिन जसले साच्चीकै रियल इस्टेटमा लगानी गरेका थिए राम्रो थियो । तर व्यक्तिगत रुपमा साना साना लगानीमा रियल इस्टेट जस्तो बनाइदिए ।’

उनले थपे ‘मलाई चाहिले एक दुई वटा मात्रै किन्ने होइन कि चाहिने भन्दा बढि २/४ वटा पनि खरिद गर्ने काम भयो । अर्को पटक डेढी भइहाल्छ भन्दै स्मेकुलेटिभ ज्यादा भयो ।’ त्यसले गर्दा यो अलिकति तल आउनै पर्थ्यो । फेरि यत्तीकै रहदा पनि गाह्रो छ । कित्ताकाटको कुरालाई मन्त्रिपरिषदले पास पनि गरिसकेको छ । कार्यविधि मात्रै नबनाएको हो । त्यसलाई पनि हामी गर्छौ ।

उनले थपे ‘कर्जाको मागलाई कसरी बढाउन सकिन्छ तपाइहरुको प्रतिस्पर्धात्मक वातावरणलाई पनि संबोधन गर्दै लगाडी बढ्न पर्छ । कर्जा नतिर्नेको पक्षमा सरकार छदै छैन । यसमा सरकार सून्य सहनसिलतामा चल्छ तपाईहरु ढुक्क भए हुन्छ ।’

राष्ट्र बैंकले गर्ने सहजिकरणका विषयमा हामीले कुरा गरिरहेका छौ । अलिकति केहि सहज पनि भएको छ । पोलिसी दर घटेको छ । त्यसमा बृहत निर्देशिका पनि आउला । रियल स्टेट देखि लिएर कहाँ कहाँ कर्जा माग हुन्छ त्यता तर्फ ध्यान केन्द्रित गर्न अर्थमन्त्रीले बैंकरहरुलाई अनुरोध गरेका छन् । उनले भने ‘यसमा कर्जा प्रवाह बढाउने भन्दै गर्दा पुरानै तालमा गएर दीगो हुदैन ।’ सँग सगै उत्पादनशिल क्षेत्रमा कसरी कर्जा प्रवाह गर्न समेत उनले अनुरोध गरेका छन् । सबै कुरा ठिक ठाक हुँदा हुँदै पनि कन्फिडेन्स चाँही बढिरहेको छैन भन्दै महतले यसलाई सबै मिलेर समाधान गर्न कोसिस अनुरोध गरेका छन् । यसमा सबैभन्दा धेरै भुमिका बैंकिङ क्षेत्रको हुने उनको तर्क छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया