Nepal Life

एशियन लाइफको मुनाफामा १७ प्रतिशतले घट्यो, दाबी भुक्तानी ८० प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 06:04
एशियन लाइफको मुनाफामा १७ प्रतिशतले घट्यो, दाबी भुक्तानी ८० प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १७ प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा २४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस भन्दा अघिल्लो आर्थिक वर्षमा २९ करोड १५ लाख रुपैयाँ थियो । यो मुनाफा वास्तविक मुनाफा भने होइन । कम्पनीको वास्तविक मुनाफा एक्चुरियल मूल्याङ्कन पछि मात्रै थाहा हुन्छ ।

NIMB

कम्पनीको जीवन बीमा व्यवसाय भने सामान्य बढेको छ । समिक्षा अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क आर्जनमा गिरावट सँगै कम्पनीको अभिकर्ता कमिशन पनि १३ प्रतिशतले घटेको छ । यस वर्ष अभिकर्ताले ७१ करोड ५४ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

बीमितहरुले बीमालेख धितोमा राखेर यस वर्ष ४ अर्ब ७० करोड रुपैयाँ कर्जा लिएका छन् । यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढेको हो । कम्पनीको चुक्ता पूँजि ३ अर्ब १५ करोड रहेको छ भने जगेडा कोष ५७ प्रतिशतले घटेर २९ करोड १३ लाखमा सिमित भएको छ ।

जीवन बीमा कोष १६ प्रतिशतले बढेर ३६ अर्ब ९० करोड पुगेको छ ।  प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ जम्मा ११४ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया