Sanima Reliance

बंगलादेश संकट : सरकारी निकाय तथा बैंकका वेबसाइट ह्याक

RBB
  • BFIS News
  • 2024 Jul Tue 15:26
बंगलादेश संकट : सरकारी निकाय तथा बैंकका वेबसाइट ह्याक
Nepal Life

काठमाडौं । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ ।

तीनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौं। अब यो विरोध मात्र नभई एक युद्ध हो" भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।  

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ ।   

समूहले तत्काल ह्याकर, ओएसआइएनटी अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन्।  

“न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस्" , ह्याकरहरुले चेतावनी दिएका छन् ।

उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँचजना पुरुष र दुईवटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।

बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरूको सन्तानका लागि  प्रदान गरिएको ३० प्रतिशत आरक्षण  कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए  ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया