Nepal Life

मेट लाइफको अपरिष्कृत मुनाफा ३५ करोड ९९ लाख, जीवन बीमा व्यवसायमा सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 06:36
मेट लाइफको अपरिष्कृत मुनाफा ३५ करोड ९९ लाख, जीवन बीमा व्यवसायमा सुधार
Sanima Reliance

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३९.६६ प्रतिशतले घटेको देखिएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण गरिएको मुनाफा सँग तुलना गर्दा मुनाफा घटेको देखिएको हो । मेट लाइफले गएको आर्थिक वर्षमा ३५ करोड ९९ लाख रुपैयाँ मुनाफा गरेको छ । एक्चुरियल मूल्याङ्कन पछि लेखापरीक्षण प्ततिवेदनमा यस्तो मुनाफा स्वत बढ्नेछ । यस भन्दा अघिल्लो आर्थिक वर्षकोको लेखापरीक्षण पश्चातको मुनाफा ५९ करोड रुपैयाँ रहेको छ ।

NIMB

कम्पनीको जीवन बीमा शुल्क आर्जनमा सामान्य सुधार देखिएको छ । कम्पनीले गएको वर्षमा ५ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २ अर्ब ७८ करोड रुपैयाँको दाबी भुक्तानी गर्नु परेको छ । यद्दपी दाबी भुक्तानी २९ प्रतिशतले घटेको छ ।

कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । बीमालेख धितोमा प्रवाह हुने कर्जा ३३ प्रतिशतले बढेर एक अर्ब ५५ करोड पुगेको छ । अभिकर्ता कमिशन पनि २.२५ प्रतिशतले घटेर ४७ करोड ६९ लाख रुपैयाँमा झरेको छ । हालसम्मको कुल बीमा शुल्क आर्जन ४९ अर्ब १३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया