Nepal Life

मनकामना इन्जिनियरिङको आईपीओ आजदेखि, सञ्चालनमा आइसकेको ५ मेगावाटको आयोजना

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 07:09
मनकामना इन्जिनियरिङको आईपीओ आजदेखि, सञ्चालनमा आइसकेको ५ मेगावाटको आयोजना
Sanima Reliance

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओको बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर बिक्री गर्न थालेको हो ।

NIMB

कम्पनीले स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको हो । सर्वसाधारणले साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । यदि यस अवधिमा माग बराबरको आवेदन नपरेमा मात्रै ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन पाउन सक्ने छन् । कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया