Nepal Life

अमेरिकी डलरको मूल्यले आज पनि बनायो हालसम्मकै उच्च रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Jul 25 09:31
अमेरिकी डलरको मूल्यले आज पनि बनायो हालसम्मकै उच्च रेकर्ड
United Ajod

काठमाडौं । अमेरिकी डलरको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ। डलरको भाउले बुधबार बनाएको रेकर्डलाई तोडेर आज पुनः नयाँ रेकर्ड बनाएको हो।

Shikhar
Nepal Life
NIMB

बुधबार प्रतिडलर १३४ रुपैयाँ २१ पैसा रहेको बिक्रीदर आज ५ पैसा बढेर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। त्यस्तै, डलरको खरिददर प्रतिडलर १३३ रुपैयाँ ६१ पैसाबाट बढेर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ। यस दिनको डलरको मूल्य हालसम्मकै उच्च हो।

आज एक यूरोको खरिददर १४४.८९ रुपैयाँ र बिक्रीदर १४५.५४ रुपैयाँ निर्धारण भएको छ।

एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया