Sanima Reliance

सन नेपाल लाइफले कमल बुढाथोकीको परिवारलाई दियो १२ लाख मृत्यु दाबी भुक्तानी

RBB
  • BFIS News
  • 2024 Jul Thu 13:05
सन नेपाल लाइफले कमल बुढाथोकीको परिवारलाई दियो १२ लाख मृत्यु दाबी भुक्तानी
Nepal Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कमल बुढाथोकीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । 

बुढाथोकी वैदेशिक रोजगारका क्रममा मलेसिया गएका थिए । उनको हृदयघात भइ उपचारका क्रममा मलेसियामै मृत्यु भएको थियो । कम्पनीको बानेश्वर शाखा प्रमुख तेजेन्द्र सुवेदीले मृतकको परिवारलाई १२ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

दाबी भुक्तानी कार्यक्रममा बीमितको आमा तुलसि बुढाथोकी तथा कम्पनीकी कर्मचारी एलिसा खतिवडाको उपस्थिति थियो । जीवन बीमा कम्पनीहरु मध्ये सन नेपाल लाइफ बैदेशिक रोजगार बीमालेखमा सर्वाधिक अगाडी रहेको छ । कम्पनीले बैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सहजै बीमा गर्न मिल्ने गरि मोबाइल एप तथा अनलाइन प्रणालीको विकास गरेको छ । कम्पनीले बीमा मात्रै होइन दाबी भुक्तानीमा पनि उत्तीकै महत्व दिदै आइरहेको छ । 

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया