Sanima Reliance

तीन करोडमा स्थापना भएको नविल बैंकले चार दशकमा शेयरधनीलाई दियो ४२ अर्ब ७६ करोड लाभांश, नगद मात्रै २० अर्ब

RBB
  • BFIS News
  • 2024 Jul Thu 14:31
तीन करोडमा स्थापना भएको नविल बैंकले चार दशकमा शेयरधनीलाई दियो ४२ अर्ब ७६ करोड लाभांश, नगद मात्रै २० अर्ब
Nepal Life

काठमाडौं । चार दशक अगाडी तीन करोड पूँजी सहित स्थापना भएको नविल बैंकले शेयरधनीलाई ४२ अर्ब ७६ करोड रुपैयाँ लाभांश वितरण गरिसकेको छ । शेयरधनीले नगद लाभांश मात्रै २० अर्ब ५ करोड प्राप्त गरेका छन् । 

तीन करोडको लगानीबाट सुरु भएको बैंकको हालको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगिसकेको छ । बैंकले हालसम्म शेयरधनीहरु सँग एक रुपैयाँ पनि हकप्रद निष्काशन गरेको छैन । तीन करोड रुपैयाँको नविल बैंकले सर्वसाधारणलाई एक करोड ९७ लाख ४ हजार रुपैयाँको आइपिओ निष्काशन गरेको थियो । निजी स्तरको पहिलो बैंक ‘नविल’ले पहिलो पटक प्रति कित्ता ६० रुपैयाँको दरले आइपिओ निष्काशन गरेको थियो ।

आइपिओ निष्काशन पश्चात कायम भएको ४ करोड ९७ लाख ३० हजार रुपैयाँ पछि शेयरधनीले अहिलेसम्म एक रुपैयाँ पनि दिनु परेको छैन । बरु बैंकले कमाएरै शेयरधनीलाई अर्बपति बनाएको छ । नेपाल राष्ट्र बैंकको विग मर्जरको नीतिलाई आत्मसाथ गर्दै बैंकले २०७९ असार २७ गते साविक नेपाल बंगालादेश बैंकलाई प्राप्ति गरि संयुक्त कारोबार शुभारम्भ गरेको थियो ।

नविलले नेपाल बंगालादेश बैंकलाई १०० बराबर ४२ रुपैयाँको अनुपातमा प्राप्ति गरेको हो । तत्कालिन अवस्थामा बंगलादेश बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड थियो । जस मध्ये ४ अर्ब २३ करोड मात्रै चुक्ता पूँजीमा जोडिदा बैंकलाई ५ अर्ब ८४ करोडको हायर पर्चेज गेन भएको थियो ।

मर्जर पछि बैंक थप शक्तिशाली बनेको बैंकले शेयरधनीले ७९ प्रतिशत लाभांश वितरण गरिसकेका छन् । यस क्रममा साविक नेपाल बैंगालदेश बैंकका शेयरधनीले स्वाप रेसियोबाट गुमाएको शेयरको भरपाइ प्राप्त गरिसकेका छन् । मर्जरको छोटो समयमै नेपाल बैंकलादेश बैंकका शेयरधनीको राम्रै प्रतिफल प्राप्त गरेका हुन् ।

बैंकले चार दशकमा ३३ वटा आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गरिसकेको छ । यस अवधिमा बैंकले ९०१ गुणाले पूँजी बढाउन सफल भएको भने स्थापनाको पूँजीमा ६६८ गुणाले नगद लाभांश वितरण गरिसकेको छ ।

जसमा प्रतिशतका हिसावले सर्वाधिक धेरै आर्थिक वर्ष २०६३/६४ मा १०४ प्रतिशत नगद लाभांश वितरण गर्यो । उक्त वर्ष शेयरधनीले ५० करोड ९४ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेका थिए । जवकी बैंकले गएको वर्ष ११ प्रतिशत नगद लाभांश वितरण गर्दा शेयरधनीले २ अर्ब ९७ करोड लाभांश प्राप्त गरे ।  पछिल्लो एक दशकमा बैंकले वितरण गरेको नगद लाभांशलाई हेर्ने हो भने हालसम्म वितरण गरेको लाभांशको ६७.७ प्रतिशत हुन आउछ । यस अवधिमा अघिल्लो तीन दशकमा ६ अर्ब ४६ करोड रुपैयाँ नगद लाभांश वितरण गरेकोमा पछिल्लो एक दशकमा मात्रै १३ अर्ब ५८ करोड रुपैयाँ वितरण गरेको छ । यसबाट बैंकहरुको लाभांश घटेको छ भन्न मिल्ने देखिदैन ।

शेयरधनीले अर्को भुल्नै नहुने कुरा यदि यो तहमा बैंकले पूँजीको दायरा फराकिलो नबनाएको थियो भने यति धेरै लाभांश वितरण गर्ने सामर्थ्य पक्कै पनि राख्दैन थियो । पूँजी बढे अनुसार प्रतिशेयर आम्दानीमा बृद्धि नभए पनि आकाको आधार भने बलियो र फराकिलो हुँदै गएको छ ।

जवकी गएको वर्ष प्रतिशतका हिसावले कम देखिएको लाभांश रकमका हिसावले भने अहिलेसम्मकै सर्वाधिक थियो । प्रतिस्पर्धी बैंकिङ बजारमा आफुलाई दरिलो बनाउन नविल बैंकले पूँजीको दायरा बढाउदा लाभांश दरमा केहि कमि जस्तो देखिएको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

नेपाल राष्ट्र बैंकले हरेक कुराहरुमा कडाइ गर्दा बैंकहरुको लाभांशदर घटिरहेको अध्यक्ष पौडेलको विश्लेषण छ । त्यसमा पनि पछिल्लो समय समग्र अर्थतन्त्रमा देखिएको सिथिलताले कर्जाको गुणस्तर कमजोर हुँदा मुनाफा अझै घट्ने सक्ने उनको भनाइ छ । यसले तत्कालका लागि लाभांश वितरणमा असर गरे पनि भोलिका दिनमा कर्जा रिकभर हुँदै जादा शेयरधनीहरुले राम्रो प्रतिफल पाउने उनको विश्लेषण छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा २७ अर्ब ८८ करोड रुपैयाँ जम्मा भइसकेको छ । यस आर्थिक वर्षमा यसको आकार अझ बढ्नेछ । पूँजीकोषको दवावलाई व्यवस्थापन गर्न बैंकले अग्राधिकार शेयर जारी गर्ने योजना बनाएको छ । जसले बैंकको बैंकिङ कारोबार गर्न सक्ने क्षमता बढाउनुका साथै मुनाफाको बृद्धिदरमा पनि ठुलो सहयोग पुर्याउनेछ ।

नविल बैंक नेपालका प्रमुख बैंकहरूमध्ये एक हो । निजी क्षेत्रको पहिलो बैंकको ताज पाएको नविलले नेपालको बैंकिङ क्षेत्रलाई तिव्र प्रतिस्पर्धी बनाउनुमा बैंकको ठुलो योगदान रहेको छ । बैंकले विभिन्न बैंकिङ्ग सेवाहरू, ग्राहक सन्तुष्टि र प्रविधिको उत्कृष्ट प्रयोगका कारण राम्रो प्रतिष्ठा कमाएको छ ।

विगत ४० वर्षको सफल इतिहास, अनुभवले भविष्यका चुनौती र अवसरलाई आत्मसाथ गर्न सक्ने नेतृत्व निर्माण गरिसकेकाले आगामी दिनमा अझ ठुलो फड्को मार्ने निश्चित छ । 

नविल बैंकले आधुनिक बैंकिङ्ग सेवाहरू, डिजिटल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सुविधाहरू उपलब्ध गराउँदै आएको छ । ग्राहक सन्तुष्टिमा उच्च ध्यान दिने नविल बैंकले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आइरहेको छ । यसका लागि विभिन्न ग्राहक सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । हालसम्म बैंकले शेयरधनीलाई दिएको लाभाश हेर्दा दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये सर्वाधिक धेरै हो ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता क्षेत्रमा यसले महत्वपूर्ण योगदान पुर्याएको छ। बैंकको आर्थिक प्रदर्शन स्थिर रहेको छ, र यसले राम्रो वित्तीय परिणामहरू हासिल गर्दै आएको छ। यसले लगानीकर्ताहरूको विश्वास जित्न सफल भएको छ। नविल बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेको छ, जसले यसलाई उत्कृष्टता प्रमाणित गरेको छ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया