Nepal Life

नेपालको पहिलो महिला मूख्य सचिवमा लिलादेवी गड्तौला

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 04:57
नेपालको पहिलो महिला मूख्य सचिवमा लिलादेवी गड्तौला
Sanima Reliance

काठमाडौं । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  

NIMB

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाएकी हुन् । यसअघि उनि कायमुकायम मुख्य सचिव थिइन् । 

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उहाँ कामु मुख्यसचिव बन्नुभएको थियो । उनि सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा भएकी थिइन् ।  

५८ वर्षे उमेरहदले उनि यही भदौ १५ सेवानिवृत्त हुने छिन् । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मिएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गरेकी हुन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया