Nepal Life

हिमालयन बैंकबाट बाहिरिए तीन संस्थापक सेयरधनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Fri 08:29
हिमालयन बैंकबाट बाहिरिए तीन संस्थापक सेयरधनी
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकबाट तीनजना संस्थापक बाहिरिएका छन् भने चारजना भित्रिएका छन्। संस्थापक सेयरधनी प्रभा गोयन्का भिमसरीया, राजेन्द्र भक्त श्रेष्ठ र अशोक अग्रवालले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिएका हुन्।

NIMB

बैंकका अनुसार प्रभा गोयन्काले १४ लाख ५१ हजार १८४ कित्ता, श्रेष्ठले १६ हजार ८१३ कित्ता र अग्रवालले ३१ हजार ६१५ कित्ता संस्थापक सेयर बिक्री गरेका थिए ।

यस्तै बैंकमा चारजना संस्थापक भित्रिएका छन्। बैंकका अनुसार गोयन्काले बिक्री गरेको सेयर निकिता कुमारी भिमसरीयाले ६ लाख १ हजार १८४ कित्ता र साक्षी कुमारी भिमसरीयाले ८ लाख ५० हजार कित्ता सेयर खरिद गरेका हुन्। श्रेष्ठले बिक्री गरेको सेयर विष्णुमणि गौतम र अग्रवालले बिक्री गरेको सेयर खुश्बु चौधरीले खरिद गरेका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया