NIMB Header 2
Nepal Life

नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको उपाध्यक्ष निर्वाचित

National Life
  • BFIS News
  • 2024 Jul 26 09:12
नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको उपाध्यक्ष निर्वाचित
Sanima Reliance

काठमाडौं। नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ।

५४ सदस्यीय परिषदको नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ।

Shikhar
NIMB

परिषद्मा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन्। पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसङ्घीय सूचना केन्द्रले जनाएको छ। परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ। केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिने छ।

अघिल्लो वर्षको जुनमा एसिया प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४–२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो। सामाजिक–आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसङ्घको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया