Nepal Life

नेपाल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी, बीमा गरेको तीन महिनामै राईको परिवारले पाए १० लाख १८ हजार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 19:26
नेपाल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी, बीमा गरेको तीन महिनामै राईको परिवारले पाए १० लाख १८ हजार
Sanima Reliance

काठमाडौं । नेपाल लाइफले बीमित कृतिशेर राईको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । राईको नेपाल लाइफमा जीवन बीमा गरेको तीन महिनामै उच्च रक्तचापका रकाण असामयिक निधन भएको थियो ।

NIMB

राईले नेपाल लाइफमा १० लाख बीमाङ्कको जीवन बीमा पोलिसी खरिद गरेका थिए । उनले प्रथम बीमा शुल्क ५० हजार ५५० रुपैयाँ भुक्तानी गरेका थिए । बीमित राईको असामयिक निधन पश्चात कम्पनीले १० लाख १८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । कम्पनीले उक्त दाबी रकम मध्येबाट बीमित राइको बच्चाको उज्वल भविष्यका लागि वार्षिक २५ हजार रुपैयाँका दरले २० वर्षसम्म भुक्तानी गर्नेछ । यसरी बीमितको वालकको भविष्यलाई उज्वल बनाउने रकम सुनिश्चित गरेर बाँकी रहेको ४ लाख २७ हजार ७८७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया