Sanima Reliance

कुमारी बैंकका ग्राहक र परिवारले बुद्ध एयरमा विशेष छुट पाउने

RBB
  • BFIS News
  • 2024 Jul Fri 16:57
कुमारी बैंकका ग्राहक र परिवारले बुद्ध एयरमा विशेष छुट पाउने
Nepal Life

काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्तगर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया