Nepal Life

अपर लोहोरे हाइड्रोको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो ? यसरी हेर्नुहोस्

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 19:43
अपर लोहोरे हाइड्रोको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो ? यसरी हेर्नुहोस्
Sanima Reliance

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्राथमिक शेयरको सिडिएससीले सञ्चालन गरेको नतिजा हेर्ने वेवसाइट (iporesult.cdsc.com.np/), बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट (https://nicasiacapital.com/) र सिडीएससीको मेरोशेयरको  वेबसाइट (meroshare.cdsc.com.np/#/login) मार्फत हेर्न सकिनेछ ।

NIMB

बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ  बत्तीसपुतलीमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ६१ हजार १ सय ५४ जनाको आवेदन परेकोमा १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ  । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८३ हजार ५ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ  ।

जस अनुसार १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र शेयर पाएका छन्  । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्  ।

कम्पनीले  साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

 कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया