NIMB Header 2
Nepal Life

आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक

National Life
  • BFIS News
  • 2024 Jul 28 08:14
आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी साउन १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७१ रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्।  

बोलपत्र आवेदन काठमाडौंको थापाथलीस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया