NIMB Header 2
Nepal Life

प्रभु बैंकद्वारा तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार

National Life
  • BFIS News
  • 2024 Jul 28 17:47
प्रभु बैंकद्वारा तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार
Sanima Reliance


काठमाडौं । प्रभु बैंकले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८  औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।

Shikhar
NIMB

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा विस्तार गरी सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्दै आएको छ। प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ।

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।यस्तै, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको र हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित  भएको छ।

नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। जसमा छोटो समयको अन्तरालमै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया