पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख १५ हजार रूपैयाँ बराबर जरिवाना
- BFIS News
- 2024 Jul Sun 18:51
काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ।
न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई ६९ लाख १५ हजार रूपैयाँ बराबर जरिवाना तिराउने फैसला पनि गरेको छ।
जोशीको मुद्दामा प्रतिवादी बनाइएका ताराराज पाण्डे र बासुदेव पन्तलाई इजलासले सफाई दिएको छ।
भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।
प्रतिक्रिया