Nepal Life

मर्जर पछि प्रभु महालक्ष्मी लाइफको अधिकाम्स सूचकमा सुधार, मुनाफा ४४ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Tue 04:54
मर्जर पछि प्रभु महालक्ष्मी लाइफको अधिकाम्स सूचकमा सुधार, मुनाफा ४४ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएर बनेको प्रभु महालक्ष्मी लाइफले अधिकाम्स सूचकमा उल्लेख्य सुधार गरेको छ । कम्पनीको मुनाफा ४४ प्रतिशतले बढेर १० करोड ५० लाख पुगेको छ । साविक प्रभु लाइफको मुनाफा ७ करोड २६ लाख रुपैयाँ थियो । यो मुनाफा एक्चुरियल मूल्याङ्कन पछि स्वत बढ्नेछ ।

NIMB

कम्पनीको चुक्ता पूँजी ११४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड पुगेको छ भने जगेडा कोष पनि ७३ प्रतिशतले बढेर ७४ करोड ७३ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोष पनि १३८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड जम्मा भएको छ ।

अभिकर्ताले लिने बीमालेख धितोकर्जा प्रवाह यस पटक १०३ प्रतिशतले बढेर ८७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । मर्जरका कारण बीमा शुल्क आर्जन भने प्रभावित देखिएको छ । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ९१ प्रतिशतले घटेको देखिन्छ । समिक्षा अवधिमा खुद बीम शुल्क आर्जन एक अर्ब ३१ करोड रहेको छ । जवकी कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा २ अर्ब ३९ करोड थियो ।  खुद दाबी भुक्तानी ९१ प्रतिशतले बढेर ८३ करोड १० लाख रुपैयाँ छ ।

प्रतिशेयर आम्दानी २.४५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया