Nepal Life

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, अनुसन्धान विभागको जिम्मेवारी भट्टलाई

NMB Bank
  • BFIS News
  • 2024 Jul 29 11:23
नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, अनुसन्धान विभागको जिम्मेवारी भट्टलाई
National Life
Shikhar
NIMB

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन्। बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेल साउन १४ गतेदेखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन्।
 
पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।

यस्तै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।

यसअघि डा. भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई जिम्मेवारी दिइएको हाे। भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया