अमेरिकामा एक नेपालीको गोली प्रहार गरी हत्या
- BFIS News
- 2024 Jul 29 11:42
काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक नेपालीको गोली हानेर हत्या गरिएको छ। मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको बताइएको छ।
वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे। घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ।
बन्दुक बोकेर आएका दुई पुरुषले उनीमाथि गोली प्रहार गरेको सिसिटिभी फुटेजमा देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया