NIMB Header 2
Nepal Life

एटिएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ

National Life
  • BFIS News
  • 2024 Jul 29 11:46
एटिएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ
Sanima Reliance

काठमाडौं । काठमाडौंमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्।

Shikhar
NIMB

आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

एटिएम तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले रौतहट यमुनामाई गाउँपालिका-१ घर भई काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठालाई पक्राउ गरेको हो।

उनीबाट प्रहरीले एउटा फलामको रड पनि बरामद भएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया