NIMB Header 2
Nepal Life

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि प्रधानले नाम फिर्ता लिन समितिमा दिए निवेदन

National Life
  • BFIS News
  • 2024 Jul 29 15:11
संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि प्रधानले नाम फिर्ता लिन समितिमा दिए निवेदन
Sanima Reliance

काठमाडौं । संवैधानिक परिषद्‌‌द्वारा निर्वाचन आयोगमा आयुक्तका रूपमा प्रस्तावित कृष्णमान प्रधानले उक्त सिफारिसबाट नाम फिर्ता लिन संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन्।

Shikhar
NIMB

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको निवेदन सचिवालयमा दर्ता भएको र उक्त निवेदन अपराह्ण ५ बजे बस्ने समितिको बैठकमा पेस हुने बताए।

संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन्।

प्रधानविरुद्ध समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो। प्रधानलाई उनकै पूर्वकर्मचारीले यौन शोषणको आरोप लगाएर समितिमा उजुरी दिएकी थिइन् ।

प्रधानले भने उक्त विषयमा अदालतबाट पीडित भनिएकी महिलासँग मिलापत्र भइसकेको प्रमाण संसदीय समितिमा पेस गर्दै आफू निर्दोष रहेको दाबी गरेका थिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया